Wednesday, December 16, 2009

हरिबन्श आचार्य र मदनकृष्ण श्रेष्ठको केही पुराना र नयाँ हास्य ब्यङ्यका गीत, प्रहसन तथा नाटकहरु

आज मलाई हरिबन्श आचार्य र मदनकृष्ण श्रेष्ठको केही पुराना र नयाँ हास्य ब्यङ्यका गीत तथा नाटकहरु पोस्ट गर्न मन लाग्यो | साथीभाइ तथा इष्ट मित्र हरु लाई मन पर्ने हो हैन ? यो ब्लग म technical stuff हरु राख्दा राख्दा सबैजना वाक्क भए होला भन्ने ठानेरनै मैले आज यो पोस्ट गरेको छु | यदी मन पर्‍यो भने request गर्नुस् म अझै हरिबन्श आचार्य र मदनकृष्ण श्रेष्ठका थप अरु गीती नाटक र प्रहसनको अडियोहरु राख्दै जानेछु |

नेपाली कला क्षेत्रमा तीन दशकदेखि निरन्तर छाइरहेका मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) जोडीको प्रस्तुति हेर्न आज पनि दर्शक उत्तिकै मरिहत्ते गर्छन्। दुवैको पहिलो प्रहसन ब्याङ्केश्वर देखि हाल टेलिभिजनमा प्रसारण भइरहेको मदनबहादुर–हरिबहादुर सम्म आइपुग्दा महले नेपालीमाझ जनकलाकारका रूपमा विशिष्ट पहिचान बनाइसकेका छन्।

विज्ञापन, दशैँ, १५ गते, भकुण्डे भूत, रात, लक्ष्मी होस् या लालपुर्जा, कान्तिपुर, राजमार्ग या टिकेको तीन मन्त्र, मह चौतारी– मह जोडीका सबै प्रस्तुतिले दर्शकमा अमिट छाप छाडेका छन्। तीन दर्जनभन्दा बढी टेलिसिरियल, डेढ दर्जन चलचित्र र सयाँै रङ्गमञ्चका प्रस्तुतिहरूले विषयवस्तु र अभिनय क्षमताका कारण पनि दर्शकमा अमिट छाप छाडेका छन्। दर्शकको बढ्दो मागकै कारण महका पुराना प्रस्तुतिहरूको अडियो 'एमपी थ्री'मा एकैसाथ बजारमा आएको छ भने पुराना टेलिसिरियलहरू पुनः प्रसारणको पालो पर्खेर बसेका छन्।


Download Links:

1. Dhumraketu

2. Dui Chaurele Chasma Laye

3. Hoste Hainse

4. Kock Fight

5. Maha Dohori

6. Mandal Geet

7. Nepal Bandh

8. Nilo Aankha Khairo Kapal

9. Puraskaar Vitaran

10. Raddi Tokari

11. Radio Prasnouttar - 1

12. Shaheed Geet

13. Shanti Geetinatak

14. Sradhha

15. Wrong Number

16. Yamalok

More to come ... Just make your request in comment box!!

3 comments:

  1. anshabanda ko mp3 6aina ra 6 bhane pathauna la
    deepsdimp@yahoo.com

    ReplyDelete
  2. anshabanda ko mp3 rakhau na plz!

    ReplyDelete

Hey Guys! Thanks for visiting my blog. Hope you enjoy reading. Just leave your comments if you think this post is a worth readable! Your valuable comments are always welcomed. Please don't spam! and No abusive language would be tolerated. I would moderate your feedback and then it would be published. If you have any query I will try to give feedback as soon as possible.