Monday, June 8, 2009

ट्राफिकका प्रभावकारी सन्देशहरू

अघि–अघि त ट्राफिक दिवस हुन्थ्यो, ट्राफिकसप्ताह हुन्थ्यो। यसपटक त राजधानीमा पूरै पुस महिनाभरि ट्राफिकमास मनाइयो। तर ट्राफिक अभियान सकियो, पुच्छर त बा•ै। ट्राफिक अभियानमा प्रसार गरिएका सन्देशहरू सटिक नभएकाले शायद यसो भएको हो।

हिसाबले नाराहरू यस्ता हुनुपर्नेः
•झ्ुण्डिएर यात्रा नगरौं– झ्ुण्ड्याई मागौं।
•छतमा बसेर यात्रा नगरौं– सुतेर गरौं।
•जथाभावी सडक नकाटौं– मन परेको ठाउँबाट काटौं।
•जेब्राक्रसबाट मात्र बाटो काटौं– पहिले जेब्राक्रस कहाँ छ खोजौं।
• लेन अनुशासन कायम गरौं– पहिले लेन छुट्याउने लाइन कोरौं।
• ट्राफिकनियम पालना गरौं– सवारी उठाउनलाई चाहिँ तोडौं।
• बिसौनीमा मात्र गाडी रोकौं– प्रत्येक पाइलामा बिसौनी बनाऔं।
• रङसाइडबाट ओवरटेक नगरौं– कसैले गरे नदेखे झ्ैँ गरौँ।
• ट्राफिक अभियान सफल पारौं– आफ्नो बानी नसुधारौं।
• आकासे पुल बनाऔं– तर त्यसबाट नहिडौं।
• फुटपाथमा पसल थापौं– सडकमा हिँडौं।

यिनै सन्देशलाई व्यापक प्रसार गरेमा चाहिँ ट्राफिकमा स्थायी सुधार आउने थियो कि?



एकलाखे टाटा कार

गए हप्ता उता इण्डियामा रतन टाटाले एक लाख रुपैयाँमा पाइने नयाँ फुच्चे कार के निकाले यता नेपालवासीहरूबीच छलफल र बहस छेडियो। त्यसले ट्याक्सी हड्ताल, मधेशी आन्दोलन, मन्त्रिमण्डलको विस्तार सबैलाई ओझ्ेलमा पारिदियो।

सिमाना पारिकाले फगत एक लाख रुपैयाँमा नै कार चढ्न पाउने अनि सिमाना यस पारकाले चाहिँ त्यही माइक्रो बसमा कोचाकोच गरेर यात्रा गर्नु पर्ने? अरू बेला चाहिँ खुला सिमाना दुई देशबीचको प्रगाढ सम्बन्धको प्रतीक भन्ने र त्यसका फाइदाहरू गनेर नथाक्ने अनि कार चढ्ने बेलामा चाहिँ भन्सार थोपर्ने? यस्ता थिए छलफलका केही बान्की। सुनौं, छलफलका अन्य बुँदाहरूः
• त्यहाँ एक लाख पर्ने अनि यहाँचाहिँ त्यसैलाई चार लाख तिर्नुपर्ने?
• कि आफैँले कार बनाउन सक्नु पर्‍यो, नत्र त्यतिका भन्सार लगाउन पाइन्छ?
• दुई लाख ठीक हुन्थ्यो, तीनसम्म पनि लौ, चार लाख त हदै भयो।
• भारु. र नेरु. बराबर भए नि हुन्थ्यो। भुटानको ङुल्त्रुम बरू बराबर छ। हाम्रो पैसा सानो भएकाले हामीलाई मह•ो परेको।
• अखण्ड भारतकै अ• भए हुन्थ्यो नेपाल पनि। सस्तोमा कार त चढ्न पाइन्थ्यो।
• कारका लागि देशै माया मार्ने? बरू भन्सार घटाऔं न।
• भन्सार घटाएर देश कसरी चलाउने नि?
• भन्सारले देश चलेको छ? देश त विदेशी पैसाले चलेको छ।
• यसै त मान्छे हिँड्ने ठाउँ छैन। सस्तो कारको नेपालमा बाढी आउने भयो। कहाँ चलाउने होला? बाटो खोई?
• रतन टाटाले भनेका छन् कारले बाटो आफैं बनाउँछ। नेपालमा पनि बन्छ बाटो।
• नापियो! पचास वर्ष भयो रत्न राजमार्ग खन्न थालेको खोई के भयो?
• कार उता आयो, चर्चा यता चुलियो। स्वतन्त्र र स्वाभिमानी नेपालीका मनमा के हालिदिए रतन टाटाले यस्तो?

Add To Google BookmarksStumble ThisFav This With TechnoratiAdd To Del.icio.usDigg ThisAdd To RedditTwit ThisAdd To FacebookAdd To Yahoo

No comments:

Post a Comment

Hey Guys! Thanks for visiting my blog. Hope you enjoy reading. Just leave your comments if you think this post is a worth readable! Your valuable comments are always welcomed. Please don't spam! and No abusive language would be tolerated. I would moderate your feedback and then it would be published. If you have any query I will try to give feedback as soon as possible.