Monday, April 13, 2009

Multiple login in yahoo Without Using any Software

के तपाईंले एउटै कम्प्युटर बाट एकै चोटि २ वटा अथवा एक भन्दा धेरै id बाट yahoo messenger चलाऊनु भएको छ ? तपाईंले प्रयास गर्नु भएको होला तर सक्नु भएको छैन भने म तपाईंलाई एउटा उपाय दिन्छु, यसको लागि तपाईंलाई कुनै सफ्टवयरको जरुरत पर्दैन ।
सबभन्दा पहिला तपाईंले Start बटनमा क्लिक गर्नुस् त्यसपछी Run मा क्लिक गरेर त्यहाँ regedit टाइप गर्नुस् र ok गर्नुस् । यति गरे पछि तपाईंको Registry Editor पेज खुल्छ । अब तपाईंले त्यहाँ भएको HKEY_CURRENT_USER मा डबल क्लिक गर्नुस् त्यसछि Software मा डबल क्लिक , yahoo मा डबल क्लिक , Pager मा डबल क्लिक र लास्टमा Test मा क्लिक गर्नुस् । अब दाँया पट्टीको खाली ठाँउमा right mouse क्लिक गर्नुस् , New मा जानुस् अनी DWORD VALUE मा क्लिक गर्नुस् अनी नयाँ नाम राख्नुस् plural भनेर । अब तपाईंले आफुले बनाउनु भएको plural फाइल लाई डबल क्लिक गर्नुस् अनी Decimal मा tick लगाएर Value Data 0 लाई 1 बनाइदिनुस् र ok गर्नुस् । अब Registry Editor पेज लाई बन्द गरी दिनुस् । यति गरी सके पछि तपाईंको काम सकियो अब तपाईंले एकै चोटि २ वटा yahoo messenger खोलेर फरक फरक नाममा login गर्न सक्नु हुनेछ । "यदि तपाईंले Value Data 0 लाई 2 राखी दिनु भयो भने एकै चोटि ३ वटा सम्म messenger खोल्न सक्नु हुन्छ ।" एक चोटि ट्राइ गरेर हेर्ने कि ???

Add To Google BookmarksStumble ThisFav This With TechnoratiAdd To Del.icio.usDigg ThisAdd To RedditTwit ThisAdd To FacebookAdd To Yahoo

No comments:

Post a Comment

Hey Guys! Thanks for visiting my blog. Hope you enjoy reading. Just leave your comments if you think this post is a worth readable! Your valuable comments are always welcomed. Please don't spam! and No abusive language would be tolerated. I would moderate your feedback and then it would be published. If you have any query I will try to give feedback as soon as possible.