Monday, June 8, 2009

नेपाली मोबाईल को चर्तिकला

घट्ट जाँदा बिसाउने ,अनी ठट्टा गर्दा रिसाउने , मान्छे को काम छैन । त्यस्तै बोल्दा-बोल्दै काटिने , अनी भनेको समय मा नलाग्ने मोबाईल को पनि काम छैन ।

नेपाल मा मोबाईलधारी को सङ्ख्या यती धेरै भईसकेको छ कि , मोबाईल टावर मुनी/तल हुँदा पनि network को समस्या हुन्छ । तपाईं समझदार ब्यक्ती हुनुहुन्छ , खास मा कुनै काम बिशेष नपरी तपाईं मोबाईल चलाऊनु नै हुन्न । बेकार मा मिस कल हानी फोन को दुरुपयोग गर्ने मान्छे तपाईंलाई मन पर्दैन । तर पनि भनेको समय मा फोन नलाग्दा तपाईं साह्रै मुर्मुरिनुहुन्छ , अनी सबैले सुन्नेगरी कराउनु हुन्छ , अब त जनावर को हात मा पनि मोबाईल भ्ई सक्यो अनी के लागोस त फोन ! तर त्यतिखेर तपाईं आफु पनि हात मा मोबाईल चलाई राख्नुभएको हुन्छ । शायद तपाईं त्यो भन्दा पनि बढी भन्न सक्नु हुन्छ , अथवा भनौं आफ्नै घरपरिवार को नाम लिएर , भन्दै भन्न नमिल्ने शब्दहरु प्रयोग गरी सरापी रहनुभएको हुन सक्छ । तर मुर्ख बुद्धी भएका प्राय: सबै तपाईं जस्ता समझदार ब्यक्तिहरु , आफु ले आकाशतिर फर्केर थुकेको पनि चाल पाउँदैनन् । नसराप्नु पनि किन , अब बोल्दा-बोल्दै फोन लाइन कट्छ , बोलेको पनि प्रस्ट बुझिदैन , पैसा भने उडी सकेको हुन्छ । अझ कहिले काँही त मोबाईल ट्राइ गर्दा-गर्दा ,हात को छाला खुइलिन सक्छ , तर पनि मोबाईल लाग्दैन । जवाफ आउँछ ," कृपया एकछिन पछी फेरी प्रयास गर्नुहोला , रुट को ब्यस्तताले संपर्क हुन सकेन।" तपाईंलाई अचम्म लाग्छ , अनी गम्भिर भएर सोच्नुहुन्छ , यो एकछिन भनेको कती समय रहेछ ।

यि त भए मोबाईल नलाग्दआ का केही कुराहरु , अब मोबाईल लाग्यो भने के हुन्छ त ??? मोबाईल गर्ने ब्यक्ती चिच्याउँछ - एकै चोटि मा लाग्यो यार । तर उता बाट hello, hello, hello केही सुनिएन भन्ने आवाज मात्र आउँछ । त्यस्तै सोच्नुस् त , केही गरी मोबाईल लागि हाल्यो भने एक ब्यक्ती ले अर्को ब्यक्ती लाई कसरी बेचिदिन्छ अथवा भनौं कसरी उल्लु बनाइदिन सक्छ । यदी try गर्दा गर्दै मोबाईल लाग्यो भने उताबाट सम्भाबित जवाफ आउन सक्छ - अहिले म ट्याक्सी मा छु ,अली बुझिएन , पछी फोन गर्नु न है ।उ ट्याक्सी मा छु भन्छ , जब उ एउटा सानो टेम्पो मा बाहिर पट्टी झुन्डिएर यात्रा गरिरहेको हुन सक्छ । शायद उ माईक्रोबस मा पछाडि उभिएर यात्रा गरिरहेको हुनसक्छ अथवा उ " खलासी भाई" को "पछाडि सर्नुस्" त भन्ने चिरपरिचित dialogue खाँदै बस मा चेप्तिएर,कोचिएर,खाँदिएर यात्रा गरिरहेको हुन सक्छ । तर पनि उ सान ले जवाफ फर्काउँछ , अहिले म ट्याक्सी/कार मा छु ।अचम्म को कुरा त के छ भने , तपाईं कुनै कार्यक्रम मा बिना भत्ता जानुपर्नेछ । तर तपाईं नेपाली टाईम भन्दै कार्यक्रम सुरु हुने तोकिएको समय भन्दा पनि पछी घर बाट हिंड्नुहुन्छ ।अनी ढिलो भयो त भन्दै आयोजक ले फोन गरे तपाईं जवाफ दिनसक्नु हुन्छ - ए ! कार्यक्रम कालिमाटी मा पो , म त कमलपोखरी भनेर , कमलपोखरी मा पो छु त , तर त्यतिखेर तपाईं भर्खर कोटेश्वर पुग्नुभएको हुन सक्छ । धन्य छ , नेपाली मोबाईल - भनेको समय काम नगरेपनी, मोबाईल ले नेपालीलाई भने धेरै बोल्न सक्ने ज्ञान दिएको छ ।जस्तै तपाईं कोटेश्वर मा भए ककनी , नगरकोट हुँदा नारायणघढ भन्न सक्नु हुन्छ । अथवा भक्तपुर भए भद्रपुर , लगनखेल भए धुलिखेल भन्दिन सक्नु हुन्छ भन्दै मा के नै जान्छ र ?तर कहिलेकाँही , कसैले आफ्नै ढाड पछाडि बाट फोन गर्दा पनि , आफु अर्कै ठाउँ मा छु भनिदिंदा भने , तपाईंलाई निकै समस्या पर्नसक्छ । त्यस्तै मोबाईल मा गफ गरिरहेको अरुलाई देखाउन खोज्दा , बिचै मा मोबाईल को ring बज्न सक्छ । त्यसैले होसियार हुनुस् है !!!

राजधानी को चक्रपथ भित्र थ्रीजी mobile भित्री सकेपनी मोबाईल सेवा को गुणस्तर चाँही बढ्न सकेको छैन । तपाईंलाई लाग्न सक्छ सेवा को गुणस्तर बढ्न नसक्नु मा प्रमुख कारण company को "नाम " ले गर्दा नै होला । नामै त "टेलिकम" , त्यसैले बाध्यता ले पनि काम कम गर्नु पर्याछ telecom कम्पनीहरुले , होइन त ???

Add To Google BookmarksStumble ThisFav This With TechnoratiAdd To Del.icio.usDigg ThisAdd To RedditTwit ThisAdd To FacebookAdd To Yahoo

No comments:

Post a Comment

Hey Guys! Thanks for visiting my blog. Hope you enjoy reading. Just leave your comments if you think this post is a worth readable! Your valuable comments are always welcomed. Please don't spam! and No abusive language would be tolerated. I would moderate your feedback and then it would be published. If you have any query I will try to give feedback as soon as possible.