Monday, June 8, 2009

तराई

तराई मा बस्न तराई-तराई हुँदै गएको छ । तराइ को अर्थ डर पनि हुन्छ ,भन्ने कुरा शायद सबैलाई थाहा नै छ होला । नाम नै तराई भएर पो कि ? तराई मा बस्न गाह्रो हुँदै गएको ।

तराई मा चोर र डाँका को बिगबिगी त्यस माथि यो मोर्चा र उ मोर्चा अनी तिनै मोर्चाहरु को बिच मा तराई का जनता । तराई का जनताहरु भट्टा भट कङ्गाल र रोगी बन्दै गैरहेका छन । सडक देखी सदनसम्म यिनै तराई का जनताहरु को दुवाही दिँदै भएका जती सबै पार्टी र मोर्चाले जनता को पक्ष मा आन्दोलन गरेका छन् । तर कस्तो अचम्म , त्यत्रा दल , संघ , सङ्ठन ले जनता को पक्ष मा बोल्दा पनि , किन जनता को जीवन स्तर नउकासिएको होला ? तराई का जनता ले किन शान्ती सुरक्षा नपाएका होलान् ? शायद सबै दल , संघ , सङ्ठन र मोर्चा ले आफ्नो स्वार्थ का लागि मात्र जनता को दुवाही दिएकोले होला , जनता झन्-झन कमजोर बन्दै गैरहेका ।

तराई का जनता को मुख्य समस्या के हो ? यो कुनै दल , संघ , सङ्ठन , मोर्चा कसैलाई थाहा छैन । उनिहरु जनता को लागि नभै आफ्नो स्वार्थ र कुर्सी का लागि लडिरहेका छन् । यो कुरा अहिले तराई मा भइरहेका बन्द , हड्ताल ले पनि प्रस्ट पारिसकेको छ । अहिले तराई मा दिनहुँ बन्द , हड्ताल भईरहेको छ । तराई मा जनता ले नागरिकता पाएनन् भनेर बोल्ने सक्ने लाउके नेताहरु ,हजारौँ भारतीय ले नागरिकता लिँदा किन चुप छन् ?

हाम्रा देश का नेताहरुलाई आफ्नो मात्रै ध्यान छ , त्यसैले आफु आफु तानातान गरेर गर्ने भनिएको संबिधान सभा को चुनाव पनि अनिस्चित बनाए । जनता को सेवा गर्नु पर्ने नेताहरु ले जनतालाई नै उल्टै नोकर बनाइरहेका छन् ।

त्यसैले त " मह " ले गाउँ खाने कथा नै बनाएका छन " नेपाली जनता " का सम्बन्ध मा --- "च्-ढन नि हुने जोत्न नि हुने , तर त्यस को गोबर ले पोत्न नहुने , मुख नभएको , पुच्छर टाउको मा गएको के हो ?"


के गरे देश मा शान्ती छाउला ??? बारम्बार हुने बन्द के गरे रोकिएला ।

Add To Google BookmarksStumble ThisFav This With TechnoratiAdd To Del.icio.usDigg ThisAdd To RedditTwit ThisAdd To FacebookAdd To Yahoo

No comments:

Post a Comment

Hey Guys! Thanks for visiting my blog. Hope you enjoy reading. Just leave your comments if you think this post is a worth readable! Your valuable comments are always welcomed. Please don't spam! and No abusive language would be tolerated. I would moderate your feedback and then it would be published. If you have any query I will try to give feedback as soon as possible.