Monday, June 8, 2009

केही फोटो बिनाको दृश्य

दृश्य – १
काठमाडौँ जानुपर्ने थियो, अफिस ले एकचोटि आउनुपर्यो भनेर खबर गरेको थियो । अत: कलेजमा एउटा म्याथ क्लास लिएर अफिस जाने विचार गरेँ । तर साथी ले भन्यो, अफिस बाट फोन आ’कोथ्यो म्याम को, अफिस जुन २-३ तारीख तिर गए हुन्छ रे ! मैले भैहाल्यो त्यतिनैखेर जाउँला नि त भने । तर काठमाडौँ जान खुट्टो उचालीसकिएको भएर, अफिस नगएपनि काठमाडौँ भने जाने भएँ ।


दृश्य – २
बाटोभरी लाम लागेका गाडिले डिजेल,पेट्रोल को अभाव र’छ भन्ने जानकारी दिए । हाम्रो गाडिमा पनि डिजेल कम र’छ, तर म अचम्म मा परेँ, किनकि हाम्रो गाडिले त सजिलै डिजेल पायो । थाहा पाएँ, पेट्रोल पम्पले आफ्ना गाडिलाई मात्र तेल दिएको र’छ । पेट्रोल पम्प मा डिजेल छैन भनेर बोर्ड झुन्ड्याइएको थियो, भने पम्पलाई पनि सटर लाएर राखिएको थियो । बाहिर बाट हेर्दा पम्प बन्द देखिन्थ्यो तर भित्र पट्टिको पम्प को सटर भने आधा खोलिएको थियो । भन्न को मतलब पम्प (मेसिन) लाई फलामे सटर भित्र राखिएकोथियो, जुन सडक बाट हेर्दा बन्द देखिन्थ्यो,सटर लगाएकोले तर अर्को साइड भने खुल्लै थियो । (सायद स्पष्ट पार्न सकिन होला ?)


दृश्य - ३
काठमाडौँमा सडक विस्तार गर्न बिजुलीका पोलहरु उखेलिएको रहेछ,भने सडक पनि अस्तव्यस्त देखिन्थ्यो । एक जना प्यासेन्जर भन्दै थिए –“चुनाव भएपछि नयाँ नेपाल बन्छ भन्थे, साँच्चै हो पो रै’छ, लौ कस्तो फराकिलो नयाँ बाटो बनाउन लागेको र’छ” । मैले कही प्रतिक्रिया जनाइँन, मात्र मनमनै हाँसे ।


दृश्य – ४
कम्प्युटर पसल मा केही काम थियो । अत: म पुतलिसडक को एक कम्प्युटर पसलमा थिँए । एकछिन पछि एक महिला आइन, उनकी छोरी पनि थिइन है साथमा । त्यही १६-१७ वर्षे छोरीको लागि कम्प्युटर किन्न आएकिरहिछन् ।कोटेसन फर्म पनि, पसले दाइ ले भर्नुभयो, अनि मनिटर कुन राखिदिँउ भनेर सोध्नुपनि भयो । ती महिलाले भनिन् –“१९ इन्च को एलसिडि”, पसले दाइ-“१७ कै लिए हुन्छ नि, अलिकति मात्र ठूलो त हो, १९ भन्दा, बेक्कार मा केलाई पैसा बढिहाल्नुहुन्छ” । त्यसपछि ती महिला ले भनेको कुराले म छक्क परेँ । ती महिलाले भनेकि थिइन् –“त्यो जाबो १७ इन्च त सबैको घरमा छ नि, हाम्रो त्यो सबै छिमेकी को मा पनि १७ को छ, त्यसैले के लानु त्यस्तो १७ इन्चको, हामी त १९ इन्च कै लाने हो” । भन्न त मन लागेको थियो, उसोभए प्रोसेसर केलाई पेन्टियम फोर हाल्नु, कोर टु डियो हाले हुन्छ नि, त्यस्तै लाग्ने भए त । तर भनिँन किनकी उनी मनिटरलाई नै कम्प्युटर हो भन्ने किसिम कि महिला हुन् भन्ने कुरा मैले बुझिसकेको थिँए ।


दृश्य – ५
रत्नपार्क का प्रचण्डका होर्डिङ बोर्डहरु तोडिँदै थिए, मलाई यतीखेर मात्र महसुस भयो कि, प्रचण्ड पनि सस्तो लोकप्रियता का पछि लागेका रहेछन् । जसरी राजा ज्ञानेन्द्रका पालामा उनका होर्डिङ बोर्डहरु जुनशैली मा सडक छेउ मा टाँगिएका थिए, त्यसरी नै प्रचण्ड को बोर्डहरु पनि राखिएको छ सडक किनारामा, पहिलो राष्ट्रपति र महान् पार्टि भन्दै । अनि जसरी राजा ज्ञानेन्द्रका होर्डिङ बोर्डहरु तोडिएको थियो त्यसरी नै,त्यही शैली प्रचण्ड का होर्डिङ बोर्डहरु तोडिँदै थिए । अनि ति बोर्डहरु तोड्दै थिए कांग्रेस, एमाले लगायतका युवाहरुले, जसमा माओवादीबाट मारिएका कोटेश्वरका रामहरि श्रेष्ठका परिवारले पनि साथ दिइरहेका थियो । लाग्यो माओवादी को पाप को घडाहरु भरिइसकेकाछन् र अब ति पापका घडाहरु फुट्न मात्र बाँकी छन् ।


दृश्य – ६
बाटो काट्नै लागेको थिंए, पुतलिसडक चोकै मा मोटरसाइकल ले एकजना ११-१२ वर्षे बालक लाई ठक्कर दियो, बालक को खुट्टालाई छोएको थियो मोटरसाइकल ले, तर मोटरसाइकल रोक्नलाई ट्राफिकले नै थर्काउनुपर्यो भन्न को मतलब मोटरसाइकल हाँक्ने ले मोटरसाइकल झनै पो कुदाउन थालेको थियो । बालकलाई २-३ जनाले उठाएर छेउमा ल्याए, एउटा वटुवाले मोटरसाइकल चलाउनेलाई एक चड्कन दि’हाल्यो । साँच्चै कुरा गर्ने हो भने, मोटरसाइकल चालक को गल्ति भने थिएन, यद्यपी ठक्कर दिइसकेर पनि नरोक्नु चाँही मिचाहा प्रवृति थियो । यस्ता प्रकृतिका घटनाहरुमा सवारी साधनहरु नै जिम्मेवार ठहरिने गरेकाछन् ।

यो आँखै अगाडि देखेको दुर्घटना ले ५-६ वर्ष अगाडि घटेको अर्को घटना याद आयो, जसको एक्लो साक्षी म थिँए । जहाँ एउटा टाटा-सुमो ले बाटो काट्दैगरेको एक बालकलाई ठक्कर दिएको थियो, त्यो बालक रोडमा बजारियो र ३-४ फन्का गुड्यो, अनि हिक्क-हिक्क गर्दागर्दै एकैछिन मा प्राण त्याग्यो । उसले लगाएका चप्पलहरु टाढा-टाढा उछिट्टिएका थिए भने उसलाई ठक्कर दिँदा केही पड्केको झैँ आवाज आएको थियो । त्यो टाटा-सुमो रोकिएन झन् बेग ले बत्तिँदै अगाडि बढ्यो । म १३-१४ वर्षे फूच्चेलाई थाहा थियो गाडि नम्बर नोट गर्नुपर्छ भन्ने तर अहँ सकिन, मेरो जिन्दगी मा यस्तो दुर्घटना पहिलो थियो र २ मिटर वर बाट देख्ने म एक्लो थिँए, गाडि नम्बर नोट गर्न सकिन, किनकी म धेरै तर्सेको थिँए उक्त घटना देखेर जसरी माओवादीले सर्लाही को लालबन्दि मा गरेको चौकी आक्रमणमा मरेका प्रहरी तथा माओवादीका छरपष्ट गिदि तथा लाशहरु देखेर म तर्सेको थिँए र हिँड्न पनि नसक्ने अवस्थामा पुगेको थिँए । मेरो घाँटि सुकिरहेको थियो, अनि मेरो शरीर पुरै सेतो भएको थियो, अनि म थरथर काँपिरहेको थिँए । तर जम्मा भएका मान्छेहरुलाई भने टाटा-सुमो ले हानेको र त्यो गाडि अगाडि हुँइकिदै गएको बताएँ, केही बेरमै उक्त गाडिलाई वर्दिवास तिर पक्राउ गरियो पनि । म कामना गर्छु त्यस्तो दुर्घटना घट्दै नघटोस्, अनि मेरा आँखा ले देख्नु नपरोस्, म ती सबै कुरा हेर्न सक्दिन । अत: पुतलीसडक मा पनि अलि भिड बढेपछि म आफ्नो बाटो लागेँ ।


दृश्य – ७
कोटेश्वरमा एक फिल्मी कलाकार ध्वाँस दिदैँ थिए –“अस्ति भा’को फुटबल मा अझै धेरै गोल ठोकिन्थ्यो, पछि अलि राम्रो खेलेनन्” ।

Add To Google BookmarksStumble ThisFav This With TechnoratiAdd To Del.icio.usDigg ThisAdd To RedditTwit ThisAdd To FacebookAdd To Yahoo

No comments:

Post a Comment

Hey Guys! Thanks for visiting my blog. Hope you enjoy reading. Just leave your comments if you think this post is a worth readable! Your valuable comments are always welcomed. Please don't spam! and No abusive language would be tolerated. I would moderate your feedback and then it would be published. If you have any query I will try to give feedback as soon as possible.