Wednesday, September 30, 2009

महिमा बडा दसैँको

नेपालीहरूको महान् चाड 'बडा दसैँ' शब्द कसैको मुखबाट उच्चारण गरिएको मात्र सुनियो भने पनि सारा नेपालीहरूको मनमा हषर्ाेल्लास हुन्छ र शरीरमा नयाँ जोश, उमङ्ग अनि उत्साह पैदा हुन थाल्दछ । किंवदन्ती अनुसार अयोध्याका राजा भगवान् श्रीरामचन्द्र्रले लंकाका राजा रावणलाई युद्धभूमिमा हराउन प्रतिपदादेखि नवमीसम्म नौ दिन भगवती दुर्गाको पूजा, आराधना गरी शक्ति प्राप्त गरी दशमीको दिन विजया -सिद्धि) प्राप्त गर्नुभएको र सम्पूर्ण असुर शक्तिलाई संहार गर्नुभएकोले यस चाडलाई 'विजया-दशमी' भनिएको हो । दशमीको दिन मातापिता एवं मान्यजन आदि श्रद्धेय व्यक्तिप्रति आस्था र निष्ठा राखी शिर झुकाई टीका थाप्दै आशीर्वाद प्राप्त गर्ने दिन भएकोले यस चाडलाई 'टीक' नामले पनि पुकारिन्छ । अनि यस चाडको समयमा नौ दिनसम्म मानिसहरू आधा रातदेखि उठेर नवरात्रिमा नुहाउन जाने भनी दिनको एक वटा तीर्थस्थलमा नुहाउन जान्छन् र भगवतीको स्त्रोत्र, पाठ गर्दछन् । अतः यही कारणले गर्दा यस चाडलाई 'नवरात्रि' पनि भनिएको हो । शरद ऋतुको रमणीय वातावरणमा यो चाड भित्रिने गर्दछ र यस बेला ठाउँ ठाउँमा पाकेको भदौरे धान, फुलेको तोरी, फिलुङ्गे फूल र सयपत्री फूलहरूले वातावरणलाई ढकमक्क सिंगारेको देखिन्छ । प्रतिपदादेखि नै घरघरमा घुमी सनई, नर्सिङ्गा, ट्याम्को र झ्याम्टा आदि बाजा बजाउने प्रचलनले बिहे या बेठी लगाइएको रोपाइँको जस्तो वातावरण सिर्जना गर्दछन् भने जताततै रोटे पिङ्, लिङ्गे पीङ्मा रंगीबिरङ्गी लुगा लगाएका केटाकेटीहरू झुम्मिरहेको देखिन्छ ।

दसैँ चाडको उत्पत्ति नेपालमा कुन बेलादेखि भयो भन्ने विषयमा दुई मत छन् । नेपालमा दसैँको बखत खड्गयात्राको प्रथा भएकोले यस चाडको प्रथा नेपालमा तन्त्रयानको प्रादुर्भाव भएदेखि नै भएको हुनुपर्दछ भन्ने एकथरिको मत छ भने राजा हरिसिंह देवले नेपाल संवत् ४४४ मा तुलजा भवानी समेत साथ लिई नेपाल प्रवेश गरी राज्य गर्नुभएदेखि नै दसैँ चाड मनाउने प्रथा नेपालमा चलेको हुनुपर्दछ भन्ने अर्काेथरिको मत भेटिन्छ । 'देवीपुराण' भन्ने धर्मग्रन्थमा भने पहिले पहिले सत्ययुगमा देवासुर संग्राम भएको बेलादेखि यो चाड मनाउने प्रथा चलेको हो भनेर लेखिएको छ । सत्ययुगदेखि चल्दै आएको यो परम्परा आज पनि हिन्दू समाजमा उत्तिकै लोकपि्रय छ । यो चाडअन्तर्गत घटस्थापना -घडा स्थापना गरेर जमरा राख्ने), भगवती दुर्गा र अन्य देवीदेवताहरूको पूजा आराधना, कन्यापूजा, मान्यजनबाट प्रसाद -टीका र जमरा) लगाउने, आशीर्वाद थाप्ने, मीठो खाना खाने र राम्रो लुगा लगाउने जस्ता चलनसँग सम्बन्धित भएर यो चाडको अन्त्य हुन्छ ।

घटस्थापनाः- कार्तिकशुक्ल प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । यसै दिन दुई महìवपूर्ण कृत्य सम्पन्न गरिन्छ । एक कृत्य यस दिन जमरा राखिन्छ, अर्काे यस दिन घट कलशको स्थापना गरी देवी-देवताको आवाहन गरिन्छ । यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् बाग्मती नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दसैँ घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छरिन्छ । जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतीमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । त्यसैस्थान नजिकै माटोको विशुद्ध जलपूर्ण घडा -कलश) को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ । अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाइ अनन्त शक्तिस्वरूपा महाकाली -संहार), महालक्ष्मी -सुरक्षा) र महासरस्वती -सृष्टि) को पञ्चोपचारले पूजाआजा गरिन्छ । ब्रहृमवैवर्तपुराण भन्ने ग्रन्थका अनुसार वर्णन गरिएका नवदिग्दुर्गाहरू यी हुन् ः प्रकति-पूर्व, चण्डिका-आग्नेय, भद्रकाली-दक्षिण, सर्वमङ्गला-वायव्य, वैष्णवी- उत्तर, शिवपि्रया-ईशान, जगदम्बिका- जल, थल र आकाश । यी नामहरूले दुर्गाहरू विभिन्न दिशाका अधिष्ठात्री देवीहरू भएको कुराको चाल पाइन्छ । हाम्रो धर्म, संस्कृति अनुसार घट कलशमै सम्पूर्ण देवीदेवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित छन्, जुन कुरा कालिकापुराण भन्ने ग्रन्थमा उल्लेख भएको छ । यसका अतिरिक्त घटकलश अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा समाहित गरिएको पाइन्छ । आधारहरूको कारण उपर्युक्त दिन घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनतम नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दसैँ पूजाको थालनी गरिएको हो । यसैले दसैँको अवसरमा आ-आˆनै आगमस्थित देवी भगवती जगदम्बाको पूजा गरिनुबाहेक अन्य देवीस्थलहरूमा गई देवीदेवताहरूको पूजा-उपासना, पुकार तथा दर्शनको लागि जानु आवश्यक नपर्ने वास्तविकतातिर औँल्याएको पाइन्छ ।

यसै दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरूका घरघरमा र देवीका मन्दिरहरूमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ र शंख, डमरू, घण्टी आदि बजाइ दुर्गासप्तशती -चण्डी), स्त्रोत्ररत्नावली, कालिकास्तोत्र, दुर्गाकवच, श्रीमद्देवीभागवत् आदि पाठ पनि पढिन्छ । पूजा गरिसकिएपछि प्रत्येक दिन बलि चाहिँ अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ । बलि दिइसकेपछि यस दिनको कार्य समापन गरिन्छ ।

फूलपातीः- दसैँको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवं दशमी तिथिको महìव अधिक रहेको पाइन्छ । सप्तमी तिथिको दिन दसैँको लागि पूजा सामग्री स्वरूप फूलपाती आगममा प्रवेश गराउने कार्य हुन्छ । यस दिन सदर टुँडिखेलमा बढाइँ भएपछि फूलपातीस्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ । यी नौ पातमा क्रमशः ब्रहृमाणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरी आवाहन गरेर सोह्र सामग्रीले पुजिन्छ । अर्काे यहाँनेर यस तथ्यलाई पनि सम्झनु आवश्यक छ कि इन्द्र, शिव, विष्णु एवं श्रीरामले वृत्तासुर, त्रिपुरासुर, मधुकैटभ तथा रावण वधको लागि क्रमैसँग नवरात्र व्रत गरेका थिए । यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ । किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन् । साथै यसै दिन गोरखा दरबारको दसैँघरबाट ल्याइएको फूलपाती राजधानी -जमल) ल्याई प्रोसेशन र बढाइँ साथ हनुमानढोका भित्र्याइन्छ ।

महाअष्टमीः- नवरात्रिको आठौं दिनमा महाकाली -भद्रकाली) को विशेष पूजाआजा गरिन्छ । देवीभागवत् अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली करोडौँ योनी-शक्ति) का साथ यसै अष्टमीका दिन उत्पन्न हुनुभएको थियो । त्यसैले यस दिन उहाँको पूजा सोह्र सामग्रीले गर्ने गरिन्छ । यसको साथै यस दिन नवदुर्गा भगवतीहरू शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री आदि पार्वतीका विभिन्न स्वरूपका देवीहरूको पूजाआजा गरिन्छ । पूजापश्चात् यी देवीलाई बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिइन्छ । यी दिनहरूमा मानिसहरू आ-आˆना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि दिन्छन् । सात्विकहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन् । काठमाडौँको तलेजु भवानीको मन्दिर पनि यस दिन सर्वसाधारणको लागि खुल्ला रहन्छ । यसै दिन दसैँघर -हनुमानढोका) को मूल चोकमा तलेजु भवानीलाई ५४ राँगा र त्यत्ति नै बोका बलि अर्पण गरिन्छ । महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ ।

महानवमीः- यस दिन विशेष गरी महालक्ष्मी देवीको पूजाआजा गरिन्छ । यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ । यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ । कन्या पूजाका बारेमा देवीभागवत्मा लेखिएको छ कि दस वर्षभन्दा बढी उमेर भएकी कन्या रजस्वला हुने हुँदा पुज्नुहुँदैन । चढाएको फल आदि खान र चन्दन आदि बास्नाको स्वाद लिन नजान्ने, एक वर्षकी कन्या पनि पुज्नुहुँदैन । रोग नलागेकी, राम्रो अङ्ग भएकी, घाउचोट र खत नभएकी एउटै कुलमा उत्पन्न भएकी कन्याहरूलाई राम्ररी पुज्नुपर्दछ आदि ।

विजयादशमीः- यस दिन सोह्र सामग्रीले भगवती दुर्गा र अरू देवीहरू तथा देवताको पूजा गर्नुपर्छ र यस दिन नौ दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसका बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बीचमा अपराजिता देवी, दाहिनेतिर जया देवी, देब्रेतिर विजया देवीको आवाहन र सोह्र सामग्रीले पूजा गरी यथाशक्ति हवन गरी जमरालाई पूजा गरी अनि भगवती दुर्गा, अन्य देवदेवीहरूलाई चढाइ आरती र पुष्पाञ्जली गर्नुपर्छ । यति गर्नाले कसैले पनि विजय गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ । त्यसपछि निम्न मन्त्र पढ्दै चन्दन, अक्षता, फूल छर्कँदै माफी माग्दै दुर्गा भगवती र अन्य देवीदेवतालाई विसर्जन गरी उठाएर अन्यत्र राख्नुपर्दछः 'आवाहनं नजानामि नजानामि विर्जसनम् । पूजां चैव नजानामि क्षम्यतां परमेश्वरी । इमां पूजां मया देवी यथाशक्त्या निवेदितम् । रक्षार्थ त्वत्प्रसादाय व्रज स्वस्थानमुत्तमम् ।।' यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ । अनि घरका मुलिद्वारा भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद ग्रहण गरिन्छ । अनि सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दसैँको लागि तयार पारी राखिएको लुगाले ठाँटिएर टीका लगाउन जान्छन् । आˆनो घरमा टीका लगाउन आउनेको क्रम पनि उत्तिकै रहन्छ । अन्त्यमा यो टीका लगाउने काम पूणिर्मासम्म जारी रहन्छ र पूणिर्मादेखि एक पक्षको दसैँ चाडको अन्त्य हुन्छ । यसै बखत वषर्ा पुग्यो भनी इन्द्रलाई समाचार दिने पौराणिक कथनको अवलम्बन गरी वषर्ा थाम्न चङ्गा उडाउने कार्य पनि बन्द गरिन्छ । हिन्दूहरूको रमाइलो चाड दसैँ यसरी मनाइन्छ ।

Add To Google BookmarksStumble ThisFav This With TechnoratiAdd To Del.icio.usDigg ThisAdd To RedditTwit ThisAdd To FacebookAdd To Yahoo

No comments:

Post a Comment

Hey Guys! Thanks for visiting my blog. Hope you enjoy reading. Just leave your comments if you think this post is a worth readable! Your valuable comments are always welcomed. Please don't spam! and No abusive language would be tolerated. I would moderate your feedback and then it would be published. If you have any query I will try to give feedback as soon as possible.